काठमाडौँ । नेकपा (एमाले) ले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्ने भएको छ ।
सोमबार बसेको पार्टी सचिवालयले मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेर ओलीको मात्रै फोटो राख्न परिपत्र गरेको उपमहासचिव विष्णु रिमाले जानकारी दिएका छन् ।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताए।
त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय भएको उनले बताएका छन्।
कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पार्टी अध्यक्ष ओलीले मङ्गलवार नै जानकारी गराएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०