काठमाडौँ । पवित्र साउन महिनाको अन्तिम दिन राजधानी काठमाडौँ लगायत देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्यो । हुन त यस्तो घुइचो शिव मन्दिरहरुमा साउन महिनाभरि नै देखिएको थियो । काठमाडौँ नैकापमा रहेको विष्णुदेवी मन्दिरमा पनि साउन महिनाभरी नै गंगा आरती भयो ।
साउन महिनाभरी आरती र शिव भजन श्रवण गरिएको भएपनि अन्तिम सोमवार चाहिँ भक्तजनहरुको विशेष घुइचो लाग्यो । विष्णुदेवी मन्दिरमा यस्तो घुइचो लाग्नुको मुख्य आकर्षक यहाँ प्रस्तुत गरिदै आएको मन्त्रमुग्द्य पार्ने गंगा आरती र शिव भजन हो भनेर भन्दा पनि हुन्छ । भजन गायक भुवन थापामगरको समधुर स्वरमा यहाँ साउन महिनाभरी गंगा आरती र शिव भजन प्रस्तुत भयो । तर अन्तिम सोमवार भुवनको आवाजमा आरती र भजन श्रवण गर्ने श्रद्धालु भक्तजनहरुको घुइचो लाग्यो ।
मन्दिर प्रांगणमा आयोजित विशेष समारोहमा भुवनको स्वर भजन बनेर गुन्जिदा भक्तजनहरु श्रद्धाले जुरुक्कै उठिरहेका थिए । अन्तिम सोमवार भुवनको आवाजसंगै उपस्थित भक्तजनहरु आरती, भजन र शिव ताण्डवमा झुमेको देखियो । भुवन थापा मगरको सुमधुर आवाजमा गुन्जिएको आरती, भजन र ताण्डव आजको न्युजका दर्शक श्रोताहरुका लागि विशेष हुने भएकाले यहाँ भिडियो सहित प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०