काठमाडौँ । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन आह्वान गरेको छ ।
सन् २०२४ (हज १४४५)का लागि नेपालबाट १२ सय जना इस्लाम धर्मावलम्बीहरूका लागि आज निवेदन माग गरेको हो ।
साउदी अरब सरकारबाट आएको कोटा अनुसारमा त्यहाँ जान चाहनेले आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आह्वान गरेको छ ।
आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०