काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्दा स्थगित भएपछि रास्वपा सभापति लामिछानेले ट्विट गर्दै संसद हाइज्याक (कब्जा) भएको बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन बरामद भएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेले माग गर्दै आएको छ।
उक्त समिति नबनाएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ। त्यसरी पटक-पटक संसद अवरुद्ध भइरहेको भन्दै रास्वपाले सभामुख देवराज घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। गत साउन १० गतेदेखि संसद लगातार अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०