काठमाडौँ । नेपाली ककांग्रेसका सांसद सुनिल शर्माले आफ्नो पक्राउ न्यायिक हो वा होइन प्रष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई बिहीबार पक्राउ परेको थियो । तर जिल्ला अदालत, काठमाडौँले थुनामा राख्न अनुमति नदिएपछि शर्मा शुक्रबार रिहा भएका थिए ।
आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले उत्तर कोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए ।
पक्राउ गरेको तीन घण्टापछि मात्र पक्राउ पुर्जी दिएको र हिरासतमा पनि हातपात गरेको भन्दै उनले भने, ‘मेरो पक्राउ न्यायिक हो वा होइन भन्ने दलको निर्णयमा राखियोस् ।’
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०