काठमाडौँ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सम्मका आवाज उठेका छन्।
युवा सांसदले सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्नेगरी उच्च स्तरीय आयोग बनाउने अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सम्मका माग पार्टी नेतृत्वसँग गरेका हुन्।
सांसद प्रदिप पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका हुन्।
सुन तस्करी प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानबिन हुने गरी शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलले जोड दिए।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनको भनाई छ। उनले सरकार र दल फरक भएको र सरकारले गलत काम गर्दा काँग्रेस सांसदले पनि औँला उठाउन सक्नुपर्ने पौडेलको तर्क छ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०