काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले माायदेवी मन्दिर जीर्णोद्धार गर्नका लागि व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने भएका छन् ।
लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा सरकार र दाताको आर्थिक सहयोगबिना मायादेवी मन्दिरको जीर्णोद्धार गर्ने प्रस्ताव गर्दै आफ्नो तर्फबाट यति ठुलो रकम सहयोगको घोषणा गरेका हुन । उपाध्यक्ष लामाले प्रस्ताव अनुसार जीर्णोद्धार कोष खडा गरि सोही कोषमा उपाध्यक्ष लामाले घोषणा गरेको ७ करोड रुपैयाँ आर्थिक सहयोग गरिने कोषले जनाएको छ ।
मायादेवी मन्दिर हाल जीर्ण भएकाले पानी चुहिने अवस्थामा छ । कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेकाले कोष खडा गरेर यसको जीर्णोद्धार गर्ने प्रस्ताव उपाध्यक्ष लामाले राखेको कोषले जनाएको छ । यसरी खडा गरिएको कोषमा सरकारको बजेट लिइने छैन ।लुम्बिनी विकास कोषको सोही बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँमा राखिने पनि निर्णय गरेको छ । उपाध्यक्ष लामाको यो व्यक्तिगत सहयोगले लामो समयदेखि जीण रहेको मायादेवी मन्दिर पुनर्ननिर्माण हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०