काठमाडौँ । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ ।
शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको छोराले गरेको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लट्ठीले टाउकोमा हानी आमाको ज्यान गएको प्रहरीले जनाएको छ ।
छोरा नवीनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०