काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरका हेमन्त पाल जम्मा साढे १६ वर्षका भए । ४ बर्स पहिले देखि व्यवसायिक भारत्तोलन खेलमा सहभागी हुँदै आएका पालले यसपटक नसोचेको सफलता पाएका छन् । यो सफलता पालका लागि मात्रै होइन सिंगो देशका लागि गर्वको विषय बनेको छ ।
केही दिन अघि भारतको ग्रेटर नोयडामा आयोजित भारत्तोलनको एसियन युथ एण्ड जुनियर भारत्तोलन च्याम्पियनसिपमा देशका लागि तिन वटा कास्यपदक जितेका पालको अबको सपना उत्कृष्ट सफलता दिलाउने रहेको छ ।
३८ वर्षपछि देशका लागि यो पदक दिलाउन सफल भएका हेमन्त पालको महेन्द्रनगर देखि एसियन सम्मको सफलताको कथा रोचक र उत्साहपूर्ण छ । आजको न्युजले उनै पदकधारी खेलाडी पालको छोटो भिडियो स्टोरी प्रस्तुत गरेको छ :
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०