काठमाडौँ । राम श्रेष्ठ बोस भारत्तोलन संघका अध्यक्ष हुन । सुस्ताउँदै गएको भारत्तोलन खेललाई श्रेष्ठ अध्यक्ष भएर आएपछि चलायमान बनाएका थिए । अध्यक्ष भएलगत्तै राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिता नितान्त आफ्नो निजी पहलमा सफलतापूर्वक सम्पन्न गराई सकेका श्रेष्ठले यसपटक सोही खेलमार्फत देशलाई निकै ठुलो सफलता दिलाएका छन् ।
यसपटक भारत्तोलन तर्फ नेपालले एसियन युथ एण्ड जुनियर भारत्तोलन च्याम्पियनसिप तीन- तीनवटा कास्यपदक जितेको छ । संघले पाएको यो सफलताको एक्लो हकदार अध्यक्ष श्रेष्ठ स्वयं हुन । भारत्तोलन खेलमा एसियन स्तरको जुनियर च्याम्पियनसिपमा तिन वटा कास्यपदक प्राप्त गरेपछि श्रेष्ठको चौतर्फी प्रशंसा भएको छ ।
प्रशंसा पनि किन नहोस् ३८ वर्षपछि देशले यो सफलता जो पाएको छ । राष्ट्रलाई एसियन स्तरको खेलमा तिन वटा कास्यपदक दिलाए पछि आजको न्युजले संघले गरिरहेको काम र प्राप्त गरेको सफलता बारे उनै राम श्रेष्ठबोसको अनुभव भिडियो मार्फत प्रस्तुत गरेको छ :
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०