काठमाडौँ । सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको बैठक पुन सुरु भएको छ । सोमबार अपराह्नमा काठमाडौँको बानेश्वरस्थित संसद भवनमा सभामुख घिमिरे र शीर्ष नेताहरूबीचको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
संसद सुरु गर्ने विषयमा सभामुख घिमिरेको पहलमा बैठक सुरु भएको हो। यसअघि सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूबीचको बैठक भएको थियो। तर सहमति नभएपछि फेरि बैठक बस्ने गरी स्थगित गरिएको थियो।
अहिले उनीहरूबीच बैठक जारी छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०