काठमाडौं– एसपी सञ्जय सिंह थापाको कमाण्डमा करिब १ सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान हुने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी थापाको कमाण्डले यो सुन तस्करी प्रकरणको अनुसन्धान हुने भएको हो।
एसपी थापाको कमाण्डले आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि राजश्व अनुसन्धान विभागले सीआईबीलाई आइतबार थप अनुसन्धानका लागि फाइल बुझाएको थियो।
यो प्रकरणमा पक्राउ परेका १७ जनालाई पनि राजश्वबाट सीआईबीको हिरासतमा लगिएको छ। अब सीआईबीले उनीहरुमाथि थप अनुसन्धान गर्नेछ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०