काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी केन्द्रीय सदस्यहरुबीच पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको दस्ताबेज वितरण भएको छ ।
प्रज्ञा भवन कमलादीमा शुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा. भट्टराईकोको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको हो ।
माओवादी बैठकमा छलफलका लागि भनेर पठाइएको डा. भट्टराईको दस्ताबेज इमेलमा प्राप्त भएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न भट्टराईले माओवादी नेताहरूलाई आग्रह गरेका छन् ।
माओवादी आन्दोलन कहाँ चुक्यो भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०