काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०