विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान दिएका छन् । नयाँ सरकार निर्माणलाई लिएर रस्साकस्सी चलिरहेका बेला बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान एका हुन् ।
सत्ता गठबन्धनले माओवादीबाट निर्वाचित गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर सरकार गठनका लागि बहुमत पुर्याउने निर्णय लिएको छ ।
उनले यसअघि सभामुखकै हैसियतमा सरकार गठनका लागि हस्ताक्षर गरेका थिए, जसलाई अदालतले खारेज गरिदिएको थियो । सत्ता गठबन्धनलाई एक म
बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्रीले सोधेपछि गौतमले आफ्नो राजीनामाले मात्रै कोशी प्रदेशमा स्थायी सरकार बन्न सक्ने अवस्था नरहेको प्रष्ट्याए । गौतमले भने, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन ।’
सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरका विषयमा अदालतले समेत त्रुटि भएको भनेर औँल्याएकाले सरकार गठनमा आफू सहभागी हुन नसक्ने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०