काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
उनले भनिन ‘ सूचना तथा प्रविधिसँग सम्बन्धित ऐन कानूनहरु अत्यन्तै पुराना छन् । हामीसँग दूरसञ्चारसँग सम्बन्धित ऐन,साइबर सुरक्षाासंग सम्बन्धित ऐनहरू छन् , ऐन भएता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवश्यकता भएकोले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको क्रममा छ । ’
मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छन् । आई टि सेक्टरमा र सरकारी सेवामा दक्ष जनशक्ति आकर्षण गर्न आवश्यक भएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०