काठमाडौँ । राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर रितेश थापाको कुटाईबाट अर्का राष्ट्रिय खेलाडी भरत शाह गम्भिर घाइते भएका छन् । रितेशले राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत शाह माथि बोतल र गिलासले अन्धाधुन्ध प्रहार गरेको नेपाल प्रहरी श्रोतले जनाएको छ । रितेश थापाको प्रहारबाट गम्भिर घाइते भएका भरतको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । रितेश थापाको प्रहारबाट गम्भिर घाइते भएका भरत शाहलाई भेन्टिलेटरमा राखिएको थियो ।
२४ घण्टापछि होस खुलेपनि उनको छाती लगायतका संवेदनशिल क्षेत्रमा रगत जाम रहेको अस्पताल श्रोतले जनाएको छ । दुवै जना नेपाल पुलिस क्लबका खेलाडी हुन । उनीहरु राजधानीको एक रेष्टुरेन्टमा खानपिन गर्न बसेकामा विवाद भएपछि रितेशले अन्धाधुन्द बोतल र गिलास प्रहार गरि भरतलाई गम्भिर घाइते बनाएका थिए ।
रितेश नेपाल प्रहरीका नायब निरीक्षक हुन भने भरत शाह सहायक हवल्दार । घटनापछि प्रहरी हेडक्वार्टरले रितेशलाई निलम्बन गरि छानविन सुरु गरेको छ । उनीमाथि ज्यानमार्ने उधोगअन्र्तगत मुद्दा चलाइने र मुद्दाको किनारा नलागे सम्म निलम्बन गरिएको नेपाल प्रहरीले जनाएको छ । शाह राष्ट्रिय टिमका नियमित फरवार्ड हुन र उनलाई निकै सम्भावना भएको खेलाडीका रुपमा हेरिएको छ । रितेश भने यसअघि गोलकिपर रहेकै बेलामा म्याच फिक्सिङ् काण्डमा फसेका खेलाडी हुन । उनी सो काण्डमा केही समय थुनामा बसेर बाहिर आएका खेलाडी हुन ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०