काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह गरे ।
आइतबार एमालेको सुदूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले भने, ‘सुन तस्करी र भ्रष्टाचारका कुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबभन्दा हात सफा हुनुपर्छ । २२ पटक सुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुरा नमिलेपछि समातिएको रहेछ ।’
उनले गृह मन्त्रालय मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट यसअघि कसरी सुन तस्करी भयो भनी प्रश्न गरे ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०