काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक आइतबार बस्दै छ। आज बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा र राजनीतिक र साङ्गठनिक प्रतिवेदनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
शनिबार बसेकाे पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका सम्बन्धमा छलफलमा भएकाे थियाे।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको थियाे।
माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ।
केन्द्रीय समिति बैठक अगाडि स्थायी समिति बैठक बस्नेछ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०