काठमाडौँ । काठमाडौँको चन्द्रागिरि-४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०