काठमाडौँ । गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफल गर्न शुक्रबारका लागि बोलाइएको बैठक कोरम नपुग्दा बस्न नसकेको हो ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएको जनाइएको छ ।
समितिका अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०