काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११:०१ मा बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधि सभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’’ का सम्बन्धमा प्रतिनिधि सभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी गराएको छ ।
हिजो बसेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थलबाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध गर्यो । आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने बुझिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०