काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको १ सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्लाई जवाफ दिनुपर्ने बताएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने बताए । उनले भने, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०