काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।
सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो ।
अनुमति विना हो-हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।
आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०