काठमाडौँ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
विश्वव्यापी रूपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्रसंघको महत्वपूर्ण निकाय हो। सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ।
त्यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन्।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०