काठमाडौँ - त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । थप सय किलो सुन लुकाएको आशङ्कामा राजश्वका महानिर्देशक विमानस्थल पुगेका छन् ।
लगभग सय किलो सुन समातेको भोलिपल्ट थप सोही परिमाणमा सुन रहेको आशङ्कामा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना विमानस्थलस्थित भन्सार कार्यालयमा पुगेको जानकारी प्राप्त छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०