न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनेक्रममा अमेरिकामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुसार नै ६० जनालाई मन्त्री बनाउन मिल्ने दाबी गरेका छन । विश्व नेता मञ्चलाई सम्बोधनपछि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले आफ्नो जम्बो मन्त्रिपरिषद् संविधानसम्मत भएको भन्दै बचाउ गरे । उनले संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन संसिधानले छुट दिएको दाबी गरेका छन । अन्तरक्रियामा जम्बो मन्त्रिपरिषद्बारे सोधिएको प्रश्नमा देउवाले संख्यालाई भन्दा पनि कामलाई हेर्नुपर्नेमा जोड दिए । देउवा सरकार ५६ सदस्यीय भएको भन्दै देशभित्र र बाहिर पनि आलोचना भैरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४