काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
मङ्गलवार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरू माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०