काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव राउतलाई जिल्ला अदालत काठमाडौँले सोमबार थुनामा राख्न अनुमति दिएको हो ।
राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । ०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए ।
त्यति वेला बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारको नाममा ललिता निवास परिसरको जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०