काठमाडौँ -ग्रीड संहितालाई अन्तिप प्रारुप दिने उद्देश्य अनुरुप विद्युत नियमन आयोगद्वारा आयोजना गरिएको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख्य आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यशाला गोष्ठीमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय विद्युत विकास बिभाग,नेपाल विद्युत प्राधिकरण र प्रक्षेपण केन्द्र,स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था IPPAN बुटवल पावर कम्पनी,इन्पिनी यरिङ्ग अध्ययन संथान पुल्चोक तथा सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियरबाट सहभागी बीच प्रतिनिधिहरुले आफ्नो -आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममको उद्घाटन गर्दै उर्जा जलस्रोत थत सिंचाई मन्त्री बस्नेतले कुनैपनि ऐन नियम तर्जुमा गर्दा ति नियमहरुको सैद्धान्तिक पक्ष मात्र ध्यान नदिएर व्यवहारिक पक्षलाई पनि उत्तिकै महत्व दिएर जानुपर्ने र समय सापेक्ष ऐन नियमहरुले तर्जुमाले मात्र वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न सक्दछ भन्ने धारणा व्यक्त गरे । क्लाइमेट चेञ्जको बिषय उजागर गर्दै मन्त्री बस्नेतले सन् २१०० सम्म ७०% जलस्रोत उद्गम हिमालका हिउँ पग्लिने प्रक्षेपण गरिएको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आजको दिनमा कतिपनि अलमल नगरी उपलब्ध स्रोत साधनको उच्चतम उपभोग गर्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर शिंहले अबको १० बर्षमा १०,००० मेघावाट बिजुली भारत निर्यात गर्ने सरकारले लिएको लक्ष्य प्राप्तिलाई मुर्त रुप दिन ट्रान्समिसन बिजनेसमा निजि क्षेत्रलाई सामेल गराउनुपर्ने र सो कार्यशालाका लागि ग्रीड संहिता अत्यन्त महत्वपूर्ण उपकरण भएको धारणा राखे।
आयोजनाका बरिष्ठ सदस्य भागीरथी भट्टराई ज्ञवालीले आयोजनाले जारि गरेका विविध नियामकीय उपकरणहरु तथा अन्य गतिविधिहरुको बिषयमा प्रकाश पारिन। त्यसैगरी ग्रीड संहिताको तर्जुमा भए अनुसार ग्रीड संचालनमा सहजीकरण हुने धारणा राख्दै बरिष्ठ सदस्य ज्ञवालीले सम्पूर्ण सरोकारवालाहरुको राय सुझावलाई संलग्न गरेर जान सकिए ग्रीड संहिता लागु गर्न सहज हुने र त्यसमा सबैको अपनत्व रहने विचार व्यक्त गरिन।
उक्त कार्यक्रममा उपस्थित सहभागीहरुमा स्वागत मन्तव्य राख्ने क्रममा विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलले सरोकारवाला बिज्ञहरुको एकै ठाउँमा उपस्थितिमा संचालन गरिएको कार्यशाला गोष्ठीले सम्पूर्ण सरोकारवालाहरुको राय सुझाव संकलन गरि बिभिन्न निकायहरुको प्राप्त सुझावलाई कार्यशालाबाट नेपाल विद्युत ग्रीड संहितामा समाहित गरेर अगाडी बढ्ने उत्तम अवस्था प्रदान गरेको धारणा व्यक्त गरे।
विद्युत नियमन आयोगद्वारा गठित ग्रीड कोड मस्यौदा उपसमितिले तयार पारेको ग्रीड कोड मस्यौदा सम्बन्धित सरोकारवालाहरुको राय सुझाब अनुसार सम्पूर्ण सरोकार निकायहरु बाट प्राप्त राय सुझावलाई समेत संलग्न गरि तयार गरिएको कम्पाइलड ग्रीड कोड मस्यौदामा सम्पूर्ण सरोकारवालाहरु एकै ठाउँ बसेर बुँदागत छलफल गरि अन्तिम रुप दिइएको नेपाल इलेक्ट्रिसिटी ग्रीड कोड चाँडो भन्दा चाँडो जारी गर्ने लक्ष राखेको विद्युत नियमन आयोगले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८०