काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो ।
उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।
उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकिएको हो ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०