काठमाडौँ । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ । ब्युरोले एलएसडी कारोबारमा संलग्न पाँचै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डीएसपी पवन ढुङ्गानाका अनुसार एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग हो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०