काठमाडौँ । ओपनिङ ब्याटर आसिफ शेख र कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङप्रेरित नेपालले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बाबेविरुद्ध २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बाबेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आसिफ र कुशलले कीर्तिमानी साझेदारी गरेपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९१ रनको योगफल खडा गर्यो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०