काठमाडौँ । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने भएको छ । मङ्गलवार (असार ५ गते) समितिले बोर्डका अध्यक्ष लगायतका पदाधिकारीलाई छलफलमा बोलाएको हो ।
यसअघि बसेको समितिको बैठकले बोर्डका अध्यक्षलाई बोलाएर नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा सोध्नुपर्ने आवश्यकता रहेको औँल्याएको थियो ।
बैठकमा सांसदहरूले नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्जमा अनियमितता भएको भन्दै आगामी बैठकमा अध्यक्षसहितको बैठक राख्नुपर्ने माग गरेका थिए ।
सोहीअनुसार मङ्गलवार बिहान ८ बजे बस्ने बैठकमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको विषयमा छलफल हुने बताइएको छ ।समितिले यसअघि ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०