काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कार्कीले शुक्रबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका कार्की शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०