काठमाडौँ । वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको समय दिएको छ ।
बिहीबार अदालतले प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि चार दिन म्याद थप्ने अनुमति दिएको हो ।
वानएक्स बेटमा प्रकरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
कार्यालयकाका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (माकुरी), बेगम नेपाली (भटभटे माइला), युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०