काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि दिउँसो १ बजेका लागि बस्ने भएको छ ।
बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०