सुभद्रा मदन फाउण्डेसन कृषिविज्ञ मदन राईको दिमागको उपज हो । राष्ट्रको विकासका लागि बिद्यालयस्तरबाटै बालबालिकालाई कर्मशील बनाउनुपर्ने मान्यताबाट स्थापना भएको यो फाउण्डेसनको कार्यन्वयनको पक्ष भने सूर्य राईले समाल्दै आएका छन् । स्थापना कालदेखिनै मदन राईको कन्सेप्टलाई व्यवहारमा उर्तान लागि परेका सूर्य राई वास्तवमा मदन राईका मुख्य सहयोगी मध्येका एक हुन ।
सुभद्रा मदन फाउण्डेसनको स्थापना र सञ्चालनमा मदन राईको दिमागले जे जस्तो काम गरेको छ त्यसलाई अम्मलमा ल्याउन सूर्य राईको सक्रियता र लगनशीलता नभए सम्भव नहुन पनि सक्थ्यो । स्थापनाकालदेखि व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका सूर्य राई आजपनि फाउण्डेसनको व्यवस्थापकको रुपमा कार्यरत रहेका छन् ।
घोकन्ते शिक्षाले कोरा जनशक्ति मात्रै उत्पादन गर्ने भएकाले कर्मशील जनशक्ति उत्पादन गर्ने मदन राईको अभियानबाट आजसम्म हजारौँले शिक्षा पाइसकेका छन् । मदन राई आफैमा ७५ वर्षका भए । कुनैपनि ज्ञान व्यवहारिक रूपमै सिक्नुपर्ने मान्यताबाट शुभम् फाउण्डेसनले विद्यार्थीहरूलाई भौतिक रूपमै सिक्दै गर्दै कार्यक्रम चलाई रहेको छ ।
फाउण्डेसन स्थापनाको २० बर्स सम्म हजारौँले त्यो शिक्षा लिइसक्दा राज्य र गैर राज्य सबै क्षेत्रबाट प्रशंसामात्रै प्राप्त गरेको थियो । तर स्थापनाको २० वर्षपछि फाउण्डेसनका स्थापक मदन राई माथिनै यौन दुर्व्यवहारको आरोप लाग्यो । जसरी संस्थापक माथि आरोप लाग्यो त्यसपछि फाउण्डेसनबाट विस्तृत अध्ययन नगरेकाहरूको निसानामा पर्न थाल्यो ।
आरोप लगाएकै भरमा संस्थापकलाई धरपकड मात्रै गरिएन बिभिन्न नाममा सञ्चालन भएका एनजिओहरूले एकपछि अर्को गर्दै त्यहाँ अध्ययन गरिरहेका बिधार्थीमाथी अनेक प्रश्न गर्न थाले । प्रहरीको कस्टडीबाट २५ दिन पछि मदन राई रिहा भएका छन् । तर उनले पूर्णरुपमा सफाइ पाएका छैनन् । हामीले यसै मेसोमा फाउण्डेसनले दिने शिक्षा र त्यहाँ हुने सम्पूर्ण गतिबिधिबारे स्थापनाकाल देखिनै व्यवस्थापकको रुपमा रहेका सूर्य राईका बिचार समेट्ने प्रयास गरेका छौ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०