काठमाडौँ - कृषि विज्ञ मदन राई ४ लाख धरौटीमा रिहा भएका छन् । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका राई ४ लाख धरौटीमा बाहिर बसेर मुद्दा लड्न पाउने गरि रिहा भएका हुन्।
खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले हिजो आइतबार अदालतमा मुद्दा दायर गरेको थियो । सोहि मुद्दालाई उनले बाहिरै बसेर लड्न पाउने गरि रिहा भएका हुन्।
शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।
राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुन्धान प्रतिवेदन पेश गरेको हो ।
सरकारी वकिल कार्यालयका अनुसार राईलाई ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०