आफ्नो मातृभूमि र माटोका लागि मनैदेखि कर्म गर्ने मदन राई आफ्नो शिक्षालयमा बसेका विद्यार्थीलाई पनि आफ्नो जस्तै देशप्रति समर्पित जनशक्तिको रुपमा विकास गर्न चाहन्छन् । त्यसले उनले सबै विषयलाई फिल्डमै सिक्ने र सिकाउने काम गराए ।
उनको त्यो नमुना कामको सराहना देशले मात्रै होइन संसारका धेरै देशले गरे । देशलाई भत्किएको शिक्षा प्रणाली सुधारको नमुना प्रस्तुत गर्ने तिनै मदन राई यतिबेला प्रहरी कस्टडीमा छन् ।
विद्यार्थीलाइ दुर्व्यवहार गरेको आरोप उनीमाथि छ तर सुभममै पढ्ने विद्यार्थी ,पढाउने शिक्षक अनि भरोसा गरेर आफ्ना छोरा छोरी मदन राइले संचालन गरेको स्कुलमा भर्ना गराउने अभिभाबक भने मदन राईमाथि राज्यले अन्याय गरेको र कसैप्रति कुनै दुर्व्यवहार नभएको बताउछन।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०