मदन राईले सुरु गरेको बिद्यालयले विद्यार्थीलाई जिवनपयोगी शिक्षा सिकाइरहेको छ । जसले कितावी ज्ञानमात्रै होइन जीवन र जगतका बारेमा सिकाएको हो ।
देशको नाजुक अवस्था बिग्रदो शिक्षा प्रणालीका कारण भएको बारे देशका सबैजसो नीति निर्माताहरु सहमत भएपनि त्यस्तो सुरुवात कसैले गरेका थिएनन । तर कृषिक्षेत्रमा पनि देशका मुस्ताड जिल्लामा एक प्रकारको क्रान्ति गरेका मदन राईले आफ्नो जन्मोथलो खोटाडमा सुरु गरे ।
खासमा खोटाङको शुभद्रा मदन फाउण्डेशनमा विद्यार्थीलाई कसरी सिकाइन्छ त जिवनपयोगी शिक्षा । आजको यो शृङ्खलामा हामीले शुभममा शिक्षक वा मेन्टरको भूमिका खेलिरहेकाहरुको बिचार समावेश गरेका छौ ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०