देशमा जीवनोपयोगी शिक्षाको वैकल्पिक मार्ग निर्देश गर्ने मदन राईलाई यौन दुर्व्यवहारको आरोपमा हिरासतमा लिएपछि उनले सञ्चालन गरेको सुभद्रा मदन फाउण्डेसनमा अन्योलता छाएको छ ।
खासगरि बालबालिका सम्बन्धी अधिकारको पैरवी गर्ने र मानवअधिकारको नाममा डलर खेती गर्नेहरूले हरेक दिन जसो त्यहाँ अध्ययनरत बालबालिकालाई सोधपुछ गरिरहेका छन् । अधिकारवादीको नाममा एनजीओ खेती गर्नेहरूले जतिसुकै कोशिश गर्दा पनि त्यहाँ अध्ययनरत बिधार्थी त्यहाँबाट अन्यत्र जाने सोच्न पनि सकिरहेका छैनन् ।
विद्यार्थीहरूको भनाइमा त्यहाँ त्यस्तो कुनैपनि प्रकारको दुर्व्यववहार कसैबाट पनि भएको छैन । मदन राईमाथि लगाइएको आरोप पनि त्यहाँ कार्यरत मध्येकै षड्यन्त्रको उपज हो भन्ने धेरै विद्यार्थीहरूको बुझाई छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरू के साँच्चिकै असुरक्षित छन आजको यो शृङ्खलामा हामीले त्यहाँ अध्ययनरत बिधार्थीका अविभावकका बिचार समेटेका छौ ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०