काठमाडौँ। संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् ।
बैठक साँझ ४ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०