काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता भएको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत काठमाडौँमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ ।
भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरवारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको मुख्य आरोपीहरूले दाबी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०