काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ ।
महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले चालु आवको फ्रिज बजेट धेरै हुने र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा धेरै भएकोले बजेट घटाउन आवश्यक नभएको बताए । धेरैजसो पुराना योजनाहरू नै निरन्तरता दिने महानगरको तयारी छ । संघीय सरकारले अनुदान कटौती गर्दा पनि महानगरले आफ्नै स्रोत बलियो बनाएको कारण बजेटमा धेरै हेरफेर नहुने मानन्धरको भनाई छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०