काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने एक जना पक्राउ परेका छन् ।
मङ्गलवार बिहान ललितपुरबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।
एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा उनी सल्लाहकार थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०