काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ ।
भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालका तीनजना विशेषज्ञको सहयोगमा सोमबार किष्टको ४० जनाको टिमले पहिलोपटक कलेजो प्रत्यारोपण गराएको हो । कलेजोदाता र ग्रहणकर्ता काठमाडौँको शंखरापुर नगरपालिका–५ का एक दम्पती भएको अस्पतालले जनाएको छ ।
प्रत्यारोपणको सम्पूर्ण प्रक्रिया पूरा गर्न १५ घण्टा लागेको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्ष अघिदेखि मिर्गौला प्रत्यारोपण गराउँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०