काठमाडौँ । सिंहदरवारको फोहोर उठाउन थालिएको छ । सर्वोच्च अदालतको आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले सिंहदरवारको फोहोर सोमबारदेखि उठाउन थालेको हो ।
गत चैत २६ गतेदेखि सिंहदरवारको फोहोर उठेको थिएन।
सर्वोच्च अदालतले शुक्रबार तीन दिनभित्र सिंहदरवारको फोहोर उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको थियो।
संघीय सरकारले आफूलाई असहयोग गरेको भन्दै मेयर बालेन साहले फोहोर नउठाउन निर्देशन दिएपछि दुई सातादेखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन।
सर्वोच्च अदालतले सिंहदरबारलगायतका स्थानबाट फोहोर उठाउन दिएको आदेश महानगरपालिकाले प्राप्त गरेपछि सोमबारदेखि फोहोर उठाउन थालिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०