काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी,सन्दीप लामिछाने
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०