ढाका । कोभिड-१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बंगलादेशको गरिबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ ।
सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बङ्गलादेश तथ्याङ्क ब्युरो (बीबीएस)को पछिल्लो तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ ।
यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबी दर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो ।
योजनामन्त्री एमए मन्नानले कोभिड-१९ महामारी र रुस-युक्रेन द्वन्द्वले बंंगलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशसयाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए ।
यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बंगलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।
रुस–युक्रेन द्वन्द्वका बीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए । कम्तीमा १६ करोड ५० लाख बङ्गलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यन समेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरिबीको रेखामुनि धकेलेको उनीहरूको विश्वास छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९